FAQs Complain Problems

खिजीदेम्बा गाउँकार्यपलिकाको कार्यालय

Read More

थोलेदेम्बा

Read More

हिउँले भरिएको खिजी फलाटे बजार

Read More

गाउँपालिकाको परिचय

१.खिजीदेम्वा गाउँपालिकाको परिचय ः
 खिजिदेम्वा गाउँपालिका
 
क) पृष्ठभूमी
खिजीदेम्बा गाँउपालिका” नेपालको १ नंं प्रदेश अन्तर्गत ओखलढुंगा जिल्लाको जिल्ला सदरमुकाम देखी उत्तर पश्चिममा अवस्थित एक गाँउपालिका हो । ओखलढुंगा जिल्लाको ८ वटा स्थानिय तह मध्ये अति दुर्गम गाँउपालिकाको रुपमा रहेको  यो गाँउपालिकाको कुल क्षेत्रफल १७९.७७ वर्ग कि.मि मा फैलिएको यो गाँउपालिका साविकका ६ वटा गा.वि.स हरु साथै साविकका पात्ले र पोकली गा.वि.स का केहि वडाहरु सामावेश भई निर्माण भएको यो गाँउपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् । भूगोल र जनसंख्याको असमान वितरण रहेको यो गाँउपालिकाको अधिकांश भूभाग पातलो बस्ती रहेको छ । वि.स २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १५८७८ रहेको छ भने घरधुरी संख्या ३४६१ रहेको छ । जसमध्ये शेर्पा, तामाङ, सुनुवार, क्षेत्री, नेवार, ब्राम्हन जातका मानसहरु यहाँका वासिन्दाहरु हुन् । विभिन्न जातहरुले आ–आफ्नो धर्म संस्कार मान्दै आएको यो गाँउपालिकामा हिन्दु, बौद्ध, किराँत, क्रिष्चियन धर्मको बाहुल्यता रहेको छ
पेशागत रुपमा कृषीलाई प्रमुख पेशाको रुपमा अवलम्बन गर्ने यो गाँउपालिकाका बासिन्दाहरुले स्थानिय होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा कार्य गरेर आय आर्जन गर्ने गर्दछन भने विभिन्न जडीबुटी प्रशोधन तथा उत्पादन गर्ने देखी काष्ठजन्य र परम्परागत घरेलु हस्तकलाका सामाग्रीहरु समेत निर्माण गरी परम्परागत सीपको संरक्षण र संवर्धन गर्ने कार्य गर्दै आय आर्जन गर्ने कार्य यहाँका मानिसहरु गर्दछन् ।यसरी कृषी प्रणालीलाई परम्परागत रुपमा उत्पादन गर्नै आएका यहाँका कृषकहरु हालका दिनहरुमा आधुनिक व्यावसायिक कृषी प्रणाली बाट कृषी उत्पादन प्रणलीलाई अवलम्बन गरेर आफ्नो कृषी व्यवसाय गर्ने गर्दछन भने प्रसस्त मात्रामा आलु उत्पादन गरी ठूलो मात्रामा निर्यात गर्ने गरेको पाइन्छ ।

 

Pages

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारी


डम्बर बहादुर रजन मगर
प्रमुख प्रशासकीय अधिकृत

इन्द्र प्रसाद गौतम
स्वास्थ्य संयोजक

ई .निरन्जन कार्की
इन्जिनियर

ई .दिनेश हुमागाई
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

-सिफारिस मागको निवेदन 

-निवादकको नागरिकताको प्रतिलिपि 

-बसाईसरि आएको भए सो को प्रमाणपत्र  

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सरजमिन बुझ्नु नपर्नेमा ५० र सरजमिन बुझ्नु पर्नेमा रु ५००
आवश्यक कागजातहरुः-

-नागरिकता लिनेको नाम,थर ,जन्म मिति  र बाबु आमाको नाम खुलेको  निवेदन

-बाबु आमा वा आफ्ना बंशतर्फका ३ पुस्ता भित्रको नातेदार को नागरिकताको प्रतिलिपि 

-जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि 

-बिबाहित महिलाको हकमा श्रीमानको नागरिकता र बिवाह दर्ताको प्रतिलिपि 

-अन्तबाट   बसाई सराई गरि आएको भए सो को प्रमाणपत्रको प्रतिलिपि 

-दुवै कान देखिने  अटो फोटो ४ प्रति    

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय प्रयोजनका लागि रु ५० र बैदेशिक प्रयोजनका लागि रु ५००
आवश्यक कागजातहरुः-

-नाता खुल्ने गरि निवेदन 

-निवेदक र नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरु एक आपसमा नाता देखिने कागजात (नागरिकता ,जन्म/मृत्यु/बिवाह  दर्ताको प्रमाणपत्र  )को प्रतिलिपि 

-सबैको २-२ प्रति पासपोर्ट फोटो

-आवश्यकता आधारमा स्थलगत सर्जमिन बुझ्न सकिने 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि;शुल्क
आवश्यक कागजातहरुः-

- जन्मदर्ताको प्रमाणपत्र वा कार्ड 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

- दलित जेष्ठ नागरिकको कार्ड 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि :शुल्क
आवश्यक कागजातहरुः-

-अपाङ्गता को कार्ड सहित उपस्थित हुने 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

-एकल वा विधुवा महिलाको कार्ड 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-

-जेष्ठ नागरिक कार्ड 

Pages

जानकारी